काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको आर्थिक अनियमितता तथा खेल मिलेमतोसम्बन्धी अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
सिआइबीले अनुसन्धानका क्रममा ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकाल्दै बुधबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए।
सिआइबीले एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान गरेको थियो। अब सरकारी वकिलको कार्यालयले प्रतिवेदनमा रहेका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।