काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६४औँ ग्रेस लिस्टमा ९५ हजार ५४० विद्यार्थी समावेश भएका छन्। त्रिविको ६७औँ वार्षिक दिवस बैठकमा रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले प्रस्तुत गरेको विवरणअनुसार २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी ग्रेस लिस्टमा परेका हुन्।
ग्रेस लिस्टमा व्यवस्थापनतर्फ सबैभन्दा धेरै ४३ हजार १४२ विद्यार्थी छन्। त्यस्तै शिक्षाशास्त्रमा १६ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४४१ र विज्ञान तथा प्रविधिमा ६ हजार ६८८ विद्यार्थी छन्। तहगत रूपमा स्नातकमा ७२ हजार ४०४ र स्नातकोत्तरमा २२ हजार ५३३ विद्यार्थी रहेका छन्।
उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीका लागि आगामी २०८३ पुसमा काठमाडौँमा मूल दीक्षान्त समारोह आयोजना गरिने भएको छ। दीक्षान्त समारोह सातै प्रदेशमा समेत आयोजना गर्ने तयारी भइरहेको त्रिविले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।