काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो।
त्रिविका रजिस्ट्रार रबिन्द्र शिवाकोटीका अनुसार प्रस्तावित बजेटमध्ये १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ आन्तरिक स्रोत र १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट व्यहोर्ने प्रस्ताव छ। कुल बजेटको ८६.१४ प्रतिशत सञ्चालन र १३.८६ प्रतिशत पुँजीगत खर्चका लागि छुट्याइएको छ।
नेपाल सरकारले त्रिविका लागि ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ। गत वर्षभन्दा ४ अर्ब ८० करोड रुपैयाँ कम विनियोजन हुँदा तलब वृद्धि तथा प्रोत्साहन भत्तालगायतका दायित्वसमेत जोडेर ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने शिवाकोटीले बताए। उनले उक्त रकमको व्यवस्था गरिदिन प्रधानमन्त्री एवं त्रिविका कुलपतिसमक्ष अनुरोध गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।