काठमाण्डौ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) र नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन (एनएमबीए)को सहकार्यमा ‘तेस्रो बीएफआईएन वार्षिक माइक्रोफाइनान्स सम्मेलन २०२६’ आयोजना हुने भएको छ।
सम्मेलनमा लघुवित्त क्षेत्रका वरिष्ठ नेतृत्व, नीतिनिर्माता, नियामक निकायका प्रतिनिधि तथा उद्योग क्षेत्रका अभ्यासकर्ताहरूको सहभागिता रहने बीएफआईएनले जनाएको छ।
सम्मेलनमा नेपालको लघुवित्त क्षेत्रले हाल सामना गरिरहेका चुनौती, नियामकीय तथा संस्थागत विषय र क्षेत्रको भावी दिशाबारे विस्तृत छलफल हुने जनाइएको छ।
बीएफआईएनका अनुसार सम्मेलनले लघुवित्त क्षेत्रसँग सम्बन्धित प्रमुख सरोकारवालालाई एउटै मञ्चमा ल्याई अनुभव आदानप्रदान, नीतिगत संवाद तथा आगामी रणनीतिबारे विचार विमर्श गर्ने अवसर प्रदान गर्नेछ।
बीएफआईएनका प्रमुख कार्यकारी अधिकृत मुकुन्द सुवेदीले सम्मेलनले नेपालको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी सम्भावनाबारे सार्थक बहस अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन्।
सम्मेलनको मिति, स्थान तथा विस्तृत कार्यक्रमबारे थप जानकारी बीएफआईएनले सार्वजनिक गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।