काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब स्थिर रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १५० अमेरिकी डलर आसपास स्थिर रहेको हो।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतिऔंस ४,१०० अमेरिकी डलरको आसपास कारोबार भएको थियो।
यससँगै सुनको मूल्यमा यो साता खासै ठूलो परिवर्तनबिना अन्त्य हुने देखिएको छ। मध्यपूर्वमा विकसित घटनाक्रम र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको मौद्रिक नीतिसम्बन्धी सम्भावनालाई लगानीकर्ताले मूल्यांकन गरिरहँदा सुनको मूल्य स्थिर देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।