शुक्रबार, आश्विन २३,२०८३ 06:24:08
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 06:24:08
Bizshala
Global IME Bank Limited

आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीलाई निःशुल्क क्लाउड अकाउन्टिङ सुविधा

Bizshala
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीलाई निःशुल्क क्लाउड अकाउन्टिङ सुविधा
New Office

 

 काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य भएको छ।

समझदारीपत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले हस्ताक्षर गरेका छन्।

टिगका प्रमुख कार्यकारी अधिकृत केसीका अनुसार सहकार्यको मुख्य उद्देश्य लेखा व्यवसायी तथा विद्यार्थीलाई आधुनिक क्लाउड अकाउन्टिङ प्रणालीसँग परिचित गराउँदै व्यावहारिक डिजिटल सीप विकासमा सहयोग पुर्‍याउनु हो।

आईक्यानका कार्यकारी निर्देशक डंगोलले नेपालमै विकसित विश्वस्तरीय सफ्टवेयर प्लेटफर्मसँगको सहकार्यले लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसबाट लेखा व्यवसायीले डिजिटल प्रणालीमा काम गर्ने अवसर पाउनेछन् भने विद्यार्थीले आधुनिक अकाउन्टिङ समाधानको व्यावहारिक अनुभव लिन सक्नेछन्।

समझदारीअनुसार योग्यता पुगेका आईक्यान सदस्य फर्मले टिगको ‘बेसिक प्याकेज’ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन्। त्यस्तै, आईक्यानका योग्य विद्यार्थीले अध्ययन तथा व्यावहारिक प्रशिक्षणका लागि ‘स्टुडेन्ट एडिसन’ प्रयोग गर्न पाउनेछन्।

निःशुल्क पहुँच प्राप्त सदस्य फर्महरूले आफ्नै लेखा तथा वित्तीय व्यवस्थापनका लागि टिग प्रयोग गर्न सक्नेछन्। प्लेटफर्ममा क्लाउडमा आधारित लेखा व्यवस्थापन, भूमिकाअनुसार प्रयोगकर्ता पहुँच, भ्याट तथा टीडीएस व्यवस्थापन, वित्तीय तथा लेखा प्रतिवेदन तयार गर्ने, बैंक रिकन्सिलिएसनलगायत सुविधा उपलब्ध छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आईक्यानमा दर्ता भएका सदस्य फर्मले टिगमा डेमो अकाउन्ट खोलेर त्यसलाई आजीवन निःशुल्क खातामा रूपान्तरण गर्न अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन प्राप्त भएपछि आईक्यानको सदस्यता अभिलेखका आधारमा फर्मको योग्यता प्रमाणीकरण गरिने र प्रमाणीकरण सफल भएपछि डेमो अकाउन्टलाई निःशुल्क संस्करणमा रूपान्तरण गरिने टिगले जनाएको छ।

विद्यार्थीका लागि उपलब्ध हुने ‘स्टुडेन्ट एडिसन’मार्फत कारोबार प्रविष्टि, वित्तीय प्रतिवेदन तयार गर्ने, भ्याट तथा टीडीएस व्यवस्थापनलगायत लेखा प्रक्रियाको अभ्यास गर्न सकिनेछ।

यो संस्करण शैक्षिक तथा अभ्यास प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ। ग्राहक वा अन्य व्यवसायको व्यावसायिक लेखा व्यवस्थापन, पुनःबिक्री वा अन्य व्यावसायिक प्रयोजनमा भने प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

टिगका अनुसार लेखा क्षेत्र तीव्र रूपमा क्लाउड प्रणाली, अटोमेसन, रियल टाइम वित्तीय सूचना तथा डिजिटल सहकार्यतर्फ अघि बढिरहेको अवस्थामा लेखा व्यवसायी र विद्यार्थीलाई यस्ता प्रविधिसँग अभ्यस्त बनाउनु आवश्यक छ।

आईक्यान र टिगबीचको यो सहकार्यले नेपालमा प्रविधिमैत्री र डिजिटल रूपमा सक्षम लेखा समुदाय विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.