आईतवार, आश्विन २५,२०८३ 12:48:37
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 12:48:37
Bizshala
Global IME Bank Limited

थकाली खानाको भान्छामै सांग्ला, मन्त्र थकालीलाई साढे दुई लाख जरिवाना

Bizshala
थकाली खानाको भान्छामै सांग्ला, मन्त्र थकालीलाई साढे दुई लाख जरिवाना
New Office

काठमाडौं । खानामा किरा भेटिएको उपभोक्ताको गुनासोपछि अनुगमन गर्दा महाराजगञ्जस्थित मन्त्र थकाली रेस्टुरेन्टको भान्छा र फ्रिजमै सांग्ला तथा भुसुना भेटिएका छन्। पकाएको खाना असुरक्षित रूपमा राखिएको र सरसफाइमा गम्भीर लापरबाही देखिएपछि रेस्टुरेन्टलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

थकाली खानाका लागि चर्चित रेस्टुरेन्टमा खाना खान पुगेका उपभोक्ताले खानाभित्र किरा परेको भन्दै फोनमार्फत उजुरी गरेका थिए। त्यही गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोली आकस्मिक अनुगमनमा पुगेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विभागका अनुसार अनुगमनमा भान्छाको सरसफाइदेखि खाना भण्डारणसम्म कैफियत भेटिएका छन्। भान्छा र फ्रिजभित्र सांग्ला तथा भुसुना देखिएका थिए भने पकाइसकेको खाद्यपदार्थसमेत नछोपी राखिएको थियो। यसरी राखिएको खाना कीरा र फोहोरको सम्पर्कमा पर्ने अवस्था देखिएको अनुगमन विवरणले औंल्याएको छ।

भान्छामा प्रयोग गरिएको डस्टबिन खुला र फोहोर अवस्थामा थियो। ड्रेनेजसमेत सफा नगरिएको पाइएको विभागले जनाएको छ। करिब एक किलो फ्राइड आलु मसीयुक्त पत्रिकाको कागजमा राखिएको भेटिएपछि टोलीले तत्काल नष्ट गरेको थियो।

यी कैफियतका आधारमा संयुक्त टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो। साथै, पकाएको खाना अनिवार्य रूपमा छोपेर राख्न, कीट नियन्त्रण प्रभावकारी बनाउन र खाद्यपदार्थ राख्न मसीयुक्त कागज प्रयोग नगर्न निर्देशन दिएको छ।

रेस्टुरेन्टलाई औंल्याइएका सबै कैफियत सात दिनभित्र सुधार गरेर त्यसको प्रमाणसहित विभागमा उपस्थित हुन आदेश दिइएको छ। तोकिएको अवधिमा सुधार नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

उपभोक्ताको एउटा फोन गुनासोबाट सुरु भएको अनुगमनले चर्चित रेस्टुरेन्टको भान्छाभित्रको अस्वच्छ अवस्था उजागर गरेको छ। घटनाले रेस्टुरेन्टको नाम र लोकप्रियतासँगै खाना तयार गर्ने ठाउँको सरसफाइ तथा सुरक्षित भण्डारण उपभोक्ताको स्वास्थ्यका लागि कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्नलाई फेरि अगाडि ल्याएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.