आईतवार, आश्विन २५,२०८३ 01:35:18
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:35:18
Bizshala
Global IME Bank Limited

बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा धक्का, क्याम्पदेखि बेलिब्रिजसम्म बगायो

Bizshala
बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा धक्का, क्याम्पदेखि बेलिब्रिजसम्म बगायो
New Office

 

काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको बाढीले कुल ४१२.४१ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण र बेलिब्रिज बगाउनुका साथै पहुँच सडक तथा पुलमा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ।

सबैभन्दा बढी असर टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा परेको देखिएको छ। बाढीले उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्रसँगै केही निर्माण उपकरणसमेत बगाएको छ।

दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको बेलिब्रिज पनि बाढीले बगाएको छ। आयोजनाको क्याम्प क्षेत्रका केही घरमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको ३०.९१ मेगावाटको यारु खोला जलविद्युत् आयोजनाका निर्माण सामग्री तथा उपकरण पनि बाढीले बगाएको छ। उक्त आयोजनाको बेलिब्रिजमा समेत क्षति पुगेको छ।

त्यस्तै, वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुल क्षतिग्रस्त भएका छन्। सडक तथा पुलमा पुगेको क्षतिले आयोजनास्थलसम्मको आवागमन र निर्माण सामग्री ढुवानीमा कठिनाइ निम्तिन सक्ने देखिएको छ।

चारवटै आयोजनाको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। कुल आर्थिक नोक्सानी, निर्माण कार्यमा पर्ने असर र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न लाग्ने समयबारे भने यकिन विवरण सार्वजनिक भएको छैन।

CG Motors
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.