सोमबार, आश्विन २६,२०८३ 12:14:15
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 12:14:15
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रहरी कार्यक्रममा बालेन, निरीक्षकलाई भने– दबाब र प्रभावमा नपर्नू

Bizshala
प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रहरी कार्यक्रममा बालेन, निरीक्षकलाई भने– दबाब र प्रभावमा नपर्नू
New Office

 

 काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपाल प्रहरीको औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।

सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औँ समूहको दीक्षान्त समारोहमा सहभागी हुँदै प्रधानमन्त्री शाहले नयाँ प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब, प्रभाव र अनुचित हस्तक्षेपबाट मुक्त भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

समारोहलाई सम्बोधन गर्दै उनले प्रहरीको कामप्रति नागरिकले निष्पक्षता र विश्वास अनुभूत गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए ।

‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्छ भन्ने विश्वास नागरिकले अनुभूत गर्ने गरी काम गर्नुस्,’ उनले भने ।

प्रधानमन्त्री शाहले प्रहरी सेवामा व्यावसायिक सफलताको पहिलो आधार इमानदारिता र नैतिकता भएको उल्लेख गर्दै जिम्मेवारीसँगै जबाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए ।

आधारभूत तालिम पूरा गरेर कार्यक्षेत्रमा प्रवेश गर्न लागेका निरीक्षकहरूलाई लक्षित गर्दै उनले कुनै पनि दबाब वा प्रभावमा नपर्न आग्रह गरे ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन,’ उनले भने, ‘संगठनको प्रोटोकलविपरीतका गतिविधिमा समेत संलग्न हुनुहुने छैन भन्ने अपेक्षा छ ।’

समयसँगै अपराधको प्रकृति र शैली परिवर्तन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अनुसन्धान प्रणालीलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले परिणाममुखी अनुसन्धानका लागि आधुनिक प्रविधि, उपकरण तथा आवश्यक स्रोतसाधन अपरिहार्य रहेको भन्दै त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।

प्रहरी सेवाजस्तो चुनौतीपूर्ण पेसामा आफ्ना छोराछोरीलाई पठाउने अभिभावक तथा परिवारप्रति पनि शाहले आभार व्यक्त गरे ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार प्रहरी निरीक्षक १–१८४ औँ समूहमा कुल ७९ जना दीक्षित भएका छन् । तीमध्ये ८ जना महिला र ७१ जना पुरुष छन् ।

दीक्षित निरीक्षकहरूले ३४० दिन लामो आधारभूत तालिम पूरा गरेका हुन् ।

समारोहमा मुख्य सचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायदत्त पौडेललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.