आईतवार, बैशाख ६,२०८३ 01:33:46
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:33:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण

Bizshala
सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण
Shivam Cement

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाण्डौमा अनशनरत सामूहिक सत्याग्रहरुहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिगत १० दिनदेखि काठमाण्डौस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अनशन बसिरहेका सामुहिक सत्याग्रह सत्याग्रहीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।  

महासंघले सत्याग्रहीको माग र शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता र समर्थन रहेको पनि बताएको छ । सत्याग्रहीहरु स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न देउ भन्ने नाराका साथ १८ बुँदे माग राखेर विगत १० दिनदेखि आमरण अनशन बसिरहेका छन् । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उनीहरुको आन्दोलनप्रति सरकारले वेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

महासंघले आन्दोलनकारीका मागप्रति राज्य समयमै गम्भीर बन्दै आपसी सहमतिको आधारमा मागको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । साथै समयमै माग सम्बोधनगरी अनशनकारीको जीवन रक्षा गर्न सरकारसँग अनुरोध गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.