रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह
काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ।महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको...

