मंगलवार, आश्विन २७,२०८३ 06:48:34
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 06:48:34
Bizshala
Global IME Bank Limited

दशैं–तिहारमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभलसहित विविध कार्यक्रम

Bizshala
दशैं–तिहारमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभलसहित विविध कार्यक्रम
New Office

काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड ‘बन्दीपुरहिल’ ले दशैं–तिहार २०२६ को अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ।

महोत्सवअन्तर्गत स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विविध कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।

बन्दीपुर केवलकारको लोअर स्टेसनमा दुई चरणमा गरी ९ दिने फुड फेस्टिभल आयोजना हुनेछ। पहिलो चरण असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

महोत्सवमा स्थानीय परिकार, रमाइला खेल, सांस्कृतिक प्रस्तुति, बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोन रहनेछन्। त्यस्तै, केवलकार, जिपलाइन र स्काई साइकलिङलगायत साहसिक गतिविधिसमेत समेटिनेछन्।

कार्यक्रम सबैका लागि खुला रहने र प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ।

दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपन पनि वितरण गर्ने जनाएको छ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको बताए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उनका अनुसार ‘बन्दीपुर फेस्ट’ ले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्वाद र साहसिक अनुभवसँग जोड्ने अवसर प्रदान गर्नेछ।

कार्यक्रम संयोजक सुरज राईले महोत्सव दुई चरणमा सञ्चालन हुने जानकारी दिँदै स्थानीय बासिन्दा तथा आगन्तुकलाई उत्सवमय वातावरणमा सहभागी गराउने उद्देश्य रहेको बताए।

बन्दीपुरहिल प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक अनुभव, साहसिक गतिविधि तथा आधुनिक सुविधालाई एउटै गन्तव्यमा समेटिएको पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ। यहाँ केवलकार, फाइन डाइनिङ रेस्टुरेन्टलगायत विभिन्न सुविधा उपलब्ध छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X