दशैं–तिहारमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभलसहित विविध कार्यक्रम
काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड ‘बन्दीपुरहिल’ ले दशैं–तिहार २०२६ को अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ।महोत्सवअन्तर्गत स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विविध कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।बन्दीपुर केवलकारको लोअर स्टेसनमा दुई चरणमा गरी ९ दिने फुड फेस्टिभल आयोजना हुनेछ।...

