काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा झरेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ९ अमेरिकी डलर अर्थात् ०.२० प्रतिशतले घटेर ४१४३ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।
अमेरिकामा अपेक्षाभन्दा बढी मुद्रास्फीति बढेपछि ब्याजदर वृद्धि हुने सम्भावना बलियो बनेसँगै सुनको मूल्य तल झरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यो मूल्य अगस्टको सुरुवातयताकै न्यून हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।