बिहीबार, आश्विन २९,२०८३ 06:15:19
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 06:15:19
Bizshala
Global IME Bank Limited

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

Bizshala
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो
New Office

काठमाण्डौ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा उडान रद्द हुने समस्या कम गर्न आधुनिक हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) प्रणाली लागू गर्न आवश्यक प्राविधिक अध्ययन अघि बढाएको हो। प्राधिकरणका अनुसार यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। तर विमानस्थलको भौगोलिक अवस्थिति, आसपासको पहाडी भू–बनोट तथा सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यताका बेला उडान सञ्चालनमा समस्या आउने गरेको छ।

यसलाई सम्बोधन गर्न प्राधिकरणले उपग्रहमा आधारित मार्गनिर्देशन प्रणाली विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ। सोही क्रममा आरएनपी–एआर प्रणाली लागू गर्ने तयारी अघि बढाइएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो प्रणाली सञ्चालनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा नियामकीय स्वीकृतिका चरण पूरा गर्नुपर्नेछ। यी प्रक्रिया सम्पन्न भएपछि कम दृश्यता भएका अवस्थामा पनि उडान तथा अवतरण थप सहज हुने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार प्रणाली कार्यान्वयनपछि प्रतिकूल मौसमका कारण विमान अन्य विमानस्थलमा मोड्नुपर्ने, अवतरण प्रक्रिया पुनः प्रयास गर्नुपर्ने तथा उडान नै रद्द गर्नुपर्ने अवस्थाहरू घट्ने अपेक्षा गरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताएका छन्।

उनले आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनमा आएपछि प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध तथा डाइभर्ट समस्या कम हुने विश्वास व्यक्त गरे।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीमार्फत हवाई यातायातलाई थप सुरक्षित, प्रभावकारी र विश्वसनीय बनाउने नीति लिएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.