पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा उडान रद्द हुने समस्या कम गर्न आधुनिक हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) प्रणाली लागू गर्न आवश्यक प्राविधिक अध्ययन अघि बढाएको हो। प्राधिकरणका...

