बिहीबार, आश्विन २९,२०८३ 07:01:52
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 07:01:52
Bizshala
Global IME Bank Limited

एलडीसी स्तरोन्नति : निर्यात प्रतिस्पर्धा बढाउन आजैदेखि तयारी थाल्न व्यवसायीको आग्रह

Bizshala
एलडीसी स्तरोन्नति : निर्यात प्रतिस्पर्धा बढाउन आजैदेखि तयारी थाल्न व्यवसायीको आग्रह
New Office

 

काठमाण्डौ । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सिर्जना हुन सक्ने चुनौतीलाई अवसरमा बदल्न सरकार र निजी क्षेत्रले तत्काल तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्।

निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा बिहीबार आयोजित ‘नेपालको एलडीसी स्तरोन्नति : निर्यातमुखी उद्यमका चुनौती र अवसर’ विषयक राष्ट्रिय संवादमा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।

सहभागीहरूले स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। निर्यात प्रवर्द्धन, उत्पादनको गुणस्तर सुधार, लागत घटाउने, उत्पादकत्व बढाउने र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार गर्ने काम अहिलेबाटै योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने उनीहरूको निष्कर्ष थियो।

नेपालले एलडीसीबाट स्तरोन्नति हुने समयावधि तीन वर्ष थप गर्न माग गरिरहेको सन्दर्भमा सहभागीहरूले तयारीलाई पछि धकेल्न नहुने बताएका छन्।

नीति मात्र होइन, कार्यान्वयनमा जोड

कार्यक्रममा सहभागी सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले निर्यात तथा औद्योगिक विकासका लागि सरकारले अघि सारेका नीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

विशेषगरी साना तथा मझौला निर्यातमुखी उद्यमको क्षमता विकास, उत्पादन लागत न्यूनीकरण, उत्पादकत्व वृद्धि र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ थियो।

परराष्ट्र मन्त्रालयअन्तर्गत संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत निकाय महाशाखाका प्रमुख एवं सहसचिव कृष्णप्रसाद ढकालले निजी क्षेत्रलाई सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु सरकारको प्राथमिकतामा रहेको बताए।

परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाका प्रमुख मणिरत्न शर्माले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले निर्यात प्रवर्द्धनका लागि कार्ययोजना बनाएर काम गरिरहेको जानकारी दिँदै स्तरोन्नतिपछिको अवस्थाका लागि समयमै तयारी गर्नुपर्ने बताए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उत्पादन लागत घटाएर प्रतिस्पर्धी बन्नुपर्छ

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले एलडीसी स्तरोन्नतिपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सामना गर्न सक्ने चुनौतीलाई ध्यानमा राखेर उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने र उत्पादकत्व बढाउने रणनीति आवश्यक रहेको बताए।

उनले नेपाली वस्तुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बलियो नबनाए स्तरोन्नतिपछिको बजार चुनौतीपूर्ण हुन सक्ने उल्लेख गरे।

अन्तर्राष्ट्रिय श्रम संगठनको एलडीसी स्तरोन्नति परियोजनाका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले स्तरोन्नतिलाई केवल चुनौतीका रूपमा नहेरी अवसरका रूपमा लिनुपर्ने बताए। त्यसका लागि सरकारी निकाय, निजी क्षेत्र र विकास साझेदारबीचको तयारी र समन्वय तत्काल सुरु हुनुपर्ने उनको भनाइ थियो।

फिनका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले समयावधि थपिए पनि तयारीमा ढिलाइ गर्न नहुने बताए। अहिलेबाटै योजनाबद्ध रूपमा काम गरे थपिएको समयको वास्तविक लाभ लिन सकिने उनको भनाइ थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

निर्यातमुखी साना उद्यममाथि विशेष बहस

कार्यक्रममा साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाइरोन्मेन्टका कार्यकारी निर्देशक डा. पारस खरेलले ‘एलडीसी स्तरोन्नति : निर्यातमुखी साना तथा मझौला उद्यमका अवसर, चुनौती र प्रभाव’ विषयमा तथ्यांकसहित प्रस्तुति दिएका थिए।

त्यसपछि भएको प्यानल छलफलमा सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधिहरूले एलडीसी स्तरोन्नतिले निर्यातमुखी उद्योगमा पार्न सक्ने प्रभाव, सम्भावित जोखिम र अवसरबारे धारणा राखेका थिए।

खुला छलफलमा सहभागीहरूले निर्यात क्षेत्रमा रहेका विद्यमान समस्या, बजार पहुँच, नीतिगत अवरोध, वित्तीय तथा प्राविधिक क्षमता र आगामी कार्यदिशाबारे सुझाव दिएका थिए।

कार्यक्रमबाट सरकारी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सरकार–निजी क्षेत्र समन्वय, निर्यात उद्यमीको क्षमता विकास तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारका लागि तत्काल पहल आवश्यक रहेको निष्कर्ष निकालिएको आयोजकले जनाएको छ।

फिनका कार्यकारी निर्देशक रामसुदन तिमिल्सिनाका अनुसार कार्यक्रमले एलडीसी स्तरोन्नतिसम्बन्धी चुनौती र अवसरबारे साझा धारणा निर्माण गर्दै निर्यात क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रूपमा अघि बढ्नुपर्ने सन्देश दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.