काठमाण्डौ । नेपाल टेलिकमले फाइबर टु द होम (FTTH) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि WiFi 6 मा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार ‘WiFi 6 Individual Package’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेजमा १०० Mbps को सेवा ११ हजार ४९९ रुपैयाँ, १५० Mbps को सेवा १२ हजार ९९९ रुपैयाँ र २०० Mbps को सेवा १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ।
वार्षिक प्याकेज लिने ग्राहकले ८०० MB देखि १,००० MB सम्म मोबाइल डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यसैगरी, नेपाल टेलिकमले नयाँ प्याकेजका रूपमा ३० Mbps गतिको इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ।
कम्पनीका अनुसार यी सबै प्याकेजको वैधता १२ महिना हुनेछ। प्याकेज जडान गर्ने ग्राहकबाट ५०० रुपैयाँ जडान शुल्कसमेत नलिइने व्यवस्था गरिएको छ।
नयाँ FTTH अफर असोज ३० गतेदेखि लागू हुने नेपाल टेलिकमले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।