नेपाल टेलिकममा ८० कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहका ८० स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।कम्पनीले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत उपप्रबन्धकदेखि कनिष्ठ प्राविधिकसम्मका पदमा भर्ना खुलाएको हो।

