मंगलवार, फाल्गुन ५,२०८२ 10:01:16
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:01:16
Bizshala
Global IME Bank Limited

गोरखाको उत्तरी भेगमा नेपाल टेलिकमको फोर जी मोबाइल सेवा विस्तार

गोरखाको उत्तरी भेगमा नेपाल टेलिकमको फोर जी मोबाइल सेवा विस्तार
Shivam Cement

काठमाण्डौ। नेपाल टेलिकमले गोरखाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका बिभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरेको छ। 

स्वदेशी तथा बिदेशी पर्यटकहरुको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरुमा ग्राहकहरुको मागलाई लक्षित गरी कम्पनीले Voice तथा Data  सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य सम्पन्न गरेको हो। 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूईला नाकाको अन्तिम गाउँ साम्दो सम्म कम्पनीले टु जी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको फोर जी सेवा समेत सञ्चालन गरेको छ।

ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरुमा VSAT प्रविधि लाई Microwave Transmission Link ले प्रतिस्थापन गरी टु जी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा टु जी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी फोर जी तथा टु जी मोबाइल सेवा सञ्चालन गरिएको छ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्नेछन् भने पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहजता हुने विश्वास कम्पनीको रहेको छ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.