मंगलवार, मंसिर ८,२०८३ 06:04:15
  • मंगलवार, मंसिर ८,२०८३ 06:04:15
Global IME Bank Limited

सरयु–कमला एक्सप्रेस जनकपुरधाम आइपुग्यो, मन्त्री यादवले भने– ‘नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु’

Bizshala
सरयु–कमला एक्सप्रेस जनकपुरधाम आइपुग्यो, मन्त्री यादवले भने– ‘नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु’
New Office

 

काठमाण्डौ ।  नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको सरयु–कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुगेको छ।

भारतको अयोध्या र नेपालको जनकपुरधामबीचको ऐतिहासिक सम्बन्धलाई जोड्ने रेल सेवाको स्वागतका लागि जनकपुरधाममा विशेष कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरयु–कमला एक्सप्रेसको आगमन जनकपुरधामका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

उनले रेल सेवा सञ्चालनलाई यातायात सुविधाको विस्तारमा मात्र सीमित नराखी नेपाल–भारतबीचको साझा इतिहास, संस्कृति र आत्मीय सम्बन्धको नयाँ सुरुवातका रूपमा लिनुपर्ने धारणा राखे।

‘आज हामी केवल एउटा रेलगाडीको स्वागत मात्र गरिरहेका छैनौँ, बरु दुवै देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नयाँ यात्राको समेत स्वागत गरिरहेका छौँ,’ मन्त्री यादवले भने।

CG Motors
Garima Development Bank
IME remit

मङ्सिर ७ गते भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा सरयु–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ गरेका थिए।

मन्त्री यादवले भगवान् राम र माता जानकीको ऐतिहासिक तथा धार्मिक सम्बन्धको चर्चा गर्दै अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरबीचको मात्र नभई पारिवारिक र आस्थासँग जोडिएको बताए।

‘अयोध्यामा रामको मर्यादा र जनकपुरमा जानकीको गरिमा छ। यी दुवैको सम्बन्धले नेपाल–भारत मैत्रीको नयाँ इतिहास लेखिरहेको छ,’ उनले भने।

उनका अनुसार रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा तीर्थयात्रीको आवतजावत सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विशेषगरी यही महिनाको अन्त्यमा आयोजना हुने विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालुका लागि नयाँ रेल सेवा उपयोगी हुने उनको भनाइ थियो।

रेल सेवा सुरु भएसँगै राम–जानकीसँग सम्बन्धित धार्मिक गन्तव्यहरूबीचको पहुँच सहज हुने र यसले जनकपुरधामको पर्यटन तथा स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

मन्त्री यादवले रेल सेवाको उद्घाटनका क्रममा प्रधानमन्त्री शाहले राम–जानकीको युगौँ पुरानो सम्बन्धलाई नयाँ पुस्ताका लागि विकास र साझेदारीको अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको स्मरण गरे।

त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले यसअघि व्यक्त गरेको ‘नेपालबिना हाम्रा धाम अधुरा छन्, नेपालबिना हाम्रा राम पनि अधुरा छन्’ भन्ने भनाइ उल्लेख गर्दै उनले दुई देशबीचको सांस्कृतिक आत्मीयता अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

मन्त्री यादवले सरयु–कमला एक्सप्रेस सञ्चालनको ऐतिहासिक पहलका लागि नेपाल र भारतका प्रधानमन्त्री, दुवै देशका सरकार, भारतीय रेल मन्त्रालय, नेपालको पूर्वाधार विकास मन्त्रालय तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गरे।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.