काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहका ८० स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत उपप्रबन्धकदेखि कनिष्ठ प्राविधिकसम्मका पदमा भर्ना खुलाएको हो।
विज्ञापनअनुसार तह ९ मा उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट), तह ८ मा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत तथा वरिष्ठ लेखा अधिकृत र तह ७ मा दूरसञ्चार इन्जिनियर माग गरिएको छ। त्यस्तै, तह ६ मा सहायक प्रशासनिक, व्यापार तथा लेखा अधिकृत, तह ५ मा ओभरसियर, तह ४ मा सहायक तथा दूरसञ्चार प्राविधिक र तह ३ मा कनिष्ठ प्राविधिक पदमा आवेदन खुलाइएको छ।
पदपूर्तिका लागि महिला, आदिवासी–जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका उम्मेदवारलाई समावेशी कोटासमेत छुट्याइएको छ।
इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक वेबसाइट वा अनलाइन प्रणालीमार्फत नियमित दस्तुरमा मंसिर ३ गतेसम्म र दोब्बर दस्तुरमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।