काठमाण्डौ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गर्दै नयाँ ‘NPL Unlimited Package’ सञ्चालनमा ल्याएको छ।
टेलिकमका अनुसार प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्।
प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न पाउनेछन् भने प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ।
यो प्याकेज कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ। एकपटक खरिद गरिएको प्याकेजको भ्यालिडिटी ३० दिन रहनेछ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने जनाइएको छ।
प्याकेज सक्रिय गर्न मोबाइलबाट *1415*9# डायल गर्न सकिनेछ। साथै, नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि यो प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल टेलिकम एनपीएल सिजन–३ को Official Telecom Partner समेत रहेको छ।
टेलिकमले नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै एनपीएललाई लक्षित गरी विशेष अफर ल्याइएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।