Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 03:25:17
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा निरन्तर

राहत तथा उद्धार कार्य सहज बनाउन अर्को व्यवस्था नभएसम्म सुविधा कायम रहने

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा निरन्तर
New Office

 

काठमाण्डौ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।

कम्पनीले बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन निःशुल्क दूरसञ्चार सुविधा निरन्तर गर्ने निर्णय गरेको हो।

यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डेटा तथा ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो। अब उक्त सुविधाको अवधि थप गरिएको नेपाल टेलिकमले जनाएको छ।

कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उपलब्ध गराइएको निःशुल्क सेवा आवश्यकता अनुसार उपयोग गर्न आग्रह गरेको छ।

Bizshala
CG Motors

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा समेत क्षति पुगेको भए पनि दूरसञ्चार सेवा सकेसम्म नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ।

टेलिकमका अनुसार अधिकांश प्रभावित संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि सञ्चालनमा ल्याउन प्राविधिकहरू निरन्तर खटिरहेका छन्।

विपद्को समयमा सेवाग्राहीलाई आफ्ना परिवार तथा आफन्तसँग सञ्चार सम्पर्क कायम राख्न सहयोग पुग्ने उद्देश्यले निःशुल्क सेवा निरन्तर गरिएको कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले जनाएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.