शुक्रबार, आश्विन ३०,२०८३ 01:08:35
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:08:35
Bizshala
Global IME Bank Limited

आरविवि मर्चेन्ट बैंकिङको ११औँ वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

Bizshala
आरविवि मर्चेन्ट बैंकिङको ११औँ वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित
New Office

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित कम्पनीको साधारणसभा राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबारस्थित केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको हो।

सभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि छलफलपछि सभाले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ। साथै, कम्पनीका नवनियुक्त सञ्चालकहरूको नियुक्ति अनुमोदन गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

साधारणसभामा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत निम्बल श्रेष्ठले शतप्रतिशत सेयर प्रतिनिधित्वसहित सहभागिता जनाएका थिए। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङका प्रतिनिधि, बाह्य लेखापरीक्षक तथा आरविवि म्युचुअल फण्ड–१ र २ का लेखापरीक्षकहरूको पनि उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आरविवि म्युचुअल फण्ड–१ ले २.७५ प्रतिशत, आरविवि म्युचुअल फण्ड–२ ले ६ प्रतिशत र आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.