आरविवि मर्चेन्ट बैंकिङको ११औँ वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित कम्पनीको साधारणसभा राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबारस्थित केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको हो।सभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि...

