आईतवार, कार्तिक ८,२०८३ 04:41:25
  • आईतवार, कार्तिक ८,२०८३ 04:41:25
Global IME Bank Limited

चुनावअघि नेतान्याहूविरुद्ध हजारौँ सडकमा, सुरक्षा चूकको स्वतन्त्र छानबिन माग

Bizshala
चुनावअघि नेतान्याहूविरुद्ध हजारौँ सडकमा, सुरक्षा चूकको स्वतन्त्र छानबिन माग
New Office

काठमाण्डौ । इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिसले प्रदर्शन गरेका छन्।

शनिबार तेल अभिभमा भेला भएका प्रदर्शनकारीले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसक्नुका कारण र सुरक्षा कमजोरीको स्वतन्त्र छानबिन गर्न माग गरेका हुन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र जिम्मेवार पक्षलाई जवाफदेही बनाउन स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्।

‘अक्टोबर काउन्सिल’ नामक समूहले आयोजना गरेको प्रदर्शनमा आक्रमणमा मारिएका तथा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य पनि सहभागी थिए। उक्त समूहले घटनाको छानबिन र जवाफदेहिताको माग गर्दै अभियान चलाउँदै आएको छ।

नेतान्याहूका प्रमुख चुनावी प्रतिस्पर्धी तथा पूर्वसेनाप्रमुख गादी आइजेनकोट पनि प्रदर्शनमा सहभागी भए। तेल अभिभको ‘होस्टेज स्क्वायर’मा पुगेका उनलाई प्रदर्शनकारीले स्वागत गरेका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेतान्याहू सरकारले भने स्वतन्त्र आयोग गठनको माग स्वीकार गरेको छैन। सरकारले अघि सारेको वैकल्पिक प्रस्तावमा आयोगका आधा सदस्य सत्तारूढ गठबन्धन र बाँकी आधा विपक्षी सांसदले नियुक्त गर्ने व्यवस्था छ।

विपक्षी नेताहरूले राजनीतिक नेतृत्वबाट सदस्य नियुक्त गरिने यस्तो आयोग बहिष्कार गर्ने बताउँदै आएका छन्। यसले आक्रमणको छानबिन गर्ने आयोगको संरचना र स्वतन्त्रतामाथिको विवादलाई कायमै राखेको छ।

इजरायलमा मंगलबार अक्टोबर २७ मा संसदीय निर्वाचन हुँदैछ। निर्वाचनअघि सार्वजनिक भएका जनमत सर्वेक्षणले नेतान्याहू समर्थक गठबन्धन र आइजेनकोट नेतृत्वको विपक्षी समूहबीच कडा प्रतिस्पर्धाको संकेत गरेका छन्। एएफपीका अनुसार सर्वेक्षणमा कुनै पनि समूहले स्पष्ट संसदीय बहुमत प्राप्त गर्ने प्रक्षेपण देखिएको छैन।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.