सोमबार, कार्तिक ९,२०८३ 12:58:10
  • सोमबार, कार्तिक ९,२०८३ 12:58:10
Global IME Bank Limited

एनओसी विवादबीच कर्णालीलाई झट्का, फरहान राष्ट्रिय टोलीका लागि पाकिस्तान फर्किने

Bizshala
एनओसी विवादबीच कर्णालीलाई झट्का, फरहान राष्ट्रिय टोलीका लागि पाकिस्तान फर्किने
New Office

 

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी ब्याटर साहिबजादा फरहान राष्ट्रिय टोलीबाट खेल्न पाकिस्तान फर्किने भएका छन्।

श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि पाकिस्तानको राष्ट्रिय टोलीमा परेपछि फरहान स्वदेश फर्किन लागेका हुन्।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहानको राष्ट्रिय टोलीको प्रतिबद्धता अक्टोबर ३१ सम्म रहनेछ। त्यसपछि उनी पुनः एनपीएलमा फर्किने सम्भावना रहेको छ। बीचको अवधिका लागि कर्णालीले वैकल्पिक विदेशी खेलाडी ल्याउने तयारीसमेत थालेको छ।

फरहानको स्वदेश फिर्तीसँगै पाकिस्तानी खेलाडीको एनओसीसम्बन्धी विवाद पनि सतहमा आएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने प्रक्रियामा थप २५ हजार अमेरिकी डलर मागेको छ। खेलाडीहरू आवश्यक प्रक्रिया पूरा गरेर नेपाल आइसकेपछि अतिरिक्त रकम मागिएको भन्दै कर्णालीले असन्तुष्टि जनाएको छ।

‘पाकिस्तानी खेलाडी ल्याउनुको उद्देश्य केवल उनीहरूको खेल हेर्नु होइन, नेपाली क्रिकेटको विकास र प्रतियोगिताको स्तर बढाउनु पनि हो,’ घिमिरेले भने, ‘प्रतियोगिता सुरु हुने समयमा थप रकमको विषय उठ्नु दुःखद हो।’

कर्णालीले थप रकम तिरेर खेलाडीलाई प्रतियोगितामा निरन्तरता दिने विकल्पमा समेत छलफल गरेको थियो। तर फरहान राष्ट्रिय टोलीमै बोलाइएपछि तत्कालका लागि उनी पाकिस्तान फर्किने अवस्था बनेको हो।

Garima Development Bank
Bizshala
IME remit

घिमिरेले भने यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिग्रने विषयका रूपमा नलिनुपर्ने बताएका छन्। भविष्यमा समेत पाकिस्तानी खेलाडी आवश्यक पर्ने भएकाले आपसी समझदारीबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ।

कर्णाली याक्सले फरहानसँगै पाकिस्तानका हुसेन तलातलाई पनि अनुबन्ध गरेको छ।

एनपीएलमा विदेशी स्टार खेलाडीको उपस्थितिलाई प्रतियोगिताको स्तर, आकर्षण र नेपाली क्रिकेटको विकाससँग जोडेर हेरिएको अवस्थामा एनओसीसम्बन्धी पछिल्लो विवादले फ्रेन्चाइज टोलीलाई भने नयाँ झन्झट थपेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.