काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।
यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेमा कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको छ ।
साविकका नेरुडे र मिर्मिरे लघुवित्त १ः१ अनुपातमा मर्ज भएका थिए ।
सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता ५८७.८६ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । अब आईतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एनएमएलबीबीएल’ संकेत प्रदान गरेको छ ।