बुधबार, कार्तिक ११,२०८३ 12:50:48
  • बुधबार, कार्तिक ११,२०८३ 12:50:48
Global IME Bank Limited

२४ घण्टामै ६४३ चालक कारबाहीमा, तीव्रगतिमा सवारी चलाउने १०३ जना फन्दामा

Bizshala
२४ घण्टामै ६४३ चालक कारबाहीमा, तीव्रगतिमा सवारी चलाउने १०३ जना फन्दामा
New Office

 

काठमाण्डौ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा ती चालकलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित गर्ने र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले निगरानी तथा जाँचलाई तीव्र बनाइएको छ।

कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै १०३ जना तीव्रगतिमा सवारी चलाउने चालक रहेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८ जना पनि कारबाहीमा परेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, सीसीटीभी क्यामेराको निगरानीबाट ट्राफिक नियम उल्लङ्घन गरेको पहिचान भएका ४० जना र ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ३४ जना चालक कारबाहीमा परेका छन्।

निषेधित क्षेत्रमा हर्न बजाउने नौ जना, सवारीसाधनको अवस्था ठीक नरहेका आठ जना तथा एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ जनालाई समेत कारबाही गरिएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा थप ३७३ जना चालक कारबाहीमा परेका छन्।

कारबाहीमा परेका चालकलाई प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनअनुसार जरिवानासहित आवश्यक प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रवक्ता सुवेदीका अनुसार ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल्नु मात्र नभई सडक अनुशासन कायम गर्दै दुर्घटनाको जोखिम घटाउनु हो।

Garima Development Bank
Bizshala
IME remit

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तोकिएकोभन्दा बढी गतिमा सवारी हाँक्ने, ट्राफिक बत्तीको बेवास्ता गर्ने र जथाभावी सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधिविरुद्ध निगरानी जारी राखिने प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले मुख्य सडक, चोक तथा बढी सवारी चाप हुने क्षेत्रमा प्रत्यक्ष जाँचसँगै सीसीटीभीमार्फत पनि नियम उल्लङ्घन गर्ने चालकको पहिचान गर्दै आएको छ।

कार्यालयले सवारी चलाउँदा निर्धारित गति कायम गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक सङ्केत पालना गर्न तथा पैदलयात्रुको सुरक्षामा विशेष ध्यान दिन चालकलाई आग्रह गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.