बुधबार, कार्तिक ११,२०८३ 03:57:05
  • बुधबार, कार्तिक ११,२०८३ 03:57:05
Global IME Bank Limited

सूचीकरणमै जियोको तहल्का, एयरटेललाई उछिन्दै भारतको दोस्रो ठूलो कम्पनी

Bizshala
सूचीकरणमै जियोको तहल्का, एयरटेललाई उछिन्दै भारतको दोस्रो ठूलो कम्पनी
New Office

 

काठमाण्डौ । भारतीय दूरसञ्चार तथा प्रविधि क्षेत्रको अग्रणी कम्पनी जियो प्लेटफर्म्सको सेयर दोस्रो बजारमा २१ प्रतिशत प्रिमियमसहित सूचीकृत भएको छ।

प्रतिकित्ता १ हजार ११९ भारु निष्कासन मूल्य रहेको जियोको सेयर बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा १ हजार ३५८ भारुमा सूचीकरण भएको हो।

सूचीकरणसँगै जियो प्लेटफर्म्स बजार पूँजीकरणका आधारमा रिलायन्स इन्डस्ट्रिजपछि भारतकै दोस्रो ठूलो कम्पनी बनेको छ।

पहिलो दिनको कारोबारसँगै जियोको बजार पूँजीकरण १२.५० लाख करोड भारु पुगेको छ। यससँगै कम्पनीले १२.१० लाख करोड भारु बजार पूँजीकरण रहेको भारती एयरटेललाई पछि पारेको छ।

हाल रिलायन्स इन्डस्ट्रिज १५.९९ लाख करोड भारु बजार पूँजीकरणसहित भारतको सबैभन्दा ठूलो कम्पनीका रूपमा रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

१०० अर्ब डलर क्लबमा प्रवेश

जियो प्लेटफर्म्स आईपीओमार्फत नै १०० अर्ब अमेरिकी डलरभन्दा बढी बजार पूँजीकरण हासिल गर्ने विश्वकै चौथो संस्थापक-नेतृत्वयुक्त कम्पनी बनेको उल्लेख गरिएको छ।

यससँगै जियो मेटा, अलिबाबा र स्पेसएक्सजस्ता कम्पनी समावेश रहेको १०० अर्ब डलरभन्दा माथिको बजार मूल्याङ्कन क्लबमा प्रवेश गरेको छ।

आईपीओमा २२.१९ गुणा आवेदन

जियोको आईपीओ अक्टोबर २१ देखि २३ सम्म सर्वसाधारणका लागि खुला गरिएको थियो। आईपीओमा कुल माग निष्कासन गरिएको सेयरको तुलनामा २२.१९ गुणा बढी परेको थियो।

एनएसईका अनुसार योग्य संस्थागत लगानीकर्तातर्फ ३०.५५ गुणा, गैर-संस्थागत लगानीकर्तातर्फ ७४ गुणा र खुद्रा लगानीकर्तातर्फ २.७२ गुणा आवेदन परेको थियो।

कम्पनीको आईपीओमा १ करोडभन्दा बढी आवेदन परेको बताइएको छ। निष्कासन खुलेको करिब १०० मिनेटमै आईपीओ पूर्ण रूपमा सब्स्क्राइब भएको थियो।

Garima Development Bank
Bizshala
IME remit

निःशुल्क सिमदेखि विशाल आईपीओसम्म

जियोले ५ सेप्टेम्बर २०१६ मा भारतीय दूरसञ्चार बजारमा प्रवेश गरेको थियो। त्यसबेला कम्पनीले निःशुल्क सिम कार्ड र ६ महिनासम्म निःशुल्क उच्च गतिको इन्टरनेट उपलब्ध गराएर बजारमा आक्रामक प्रवेश गरेको थियो।

उक्त रणनीतिका कारण जियो स्टोरहरूमा ठूलो भीड लागेको थियो र छोटो समयमै कम्पनीले ठूलो ग्राहक आधार बनाउन सफल भएको थियो।

करिब एक दशकपछि कम्पनीले भारतको इतिहासकै ठूलोमध्ये एक आईपीओ जारी गर्दा पनि लगानीकर्ताबाट उस्तै उत्साहजनक प्रतिक्रिया पाएको छ।

कम्पनीका अनुसार आईपीओले तीन दिनमै सात वटा नयाँ वित्तीय रेकर्ड कायम गरेको छ।

सूचीकरणको पहिलो दिनमै २१ प्रतिशत प्रिमियम, १२.५० लाख करोड भारुको बजार पूँजीकरण र भारती एयरटेललाई पछि पार्दै दोस्रो ठूलो कम्पनी बन्नुले जियो प्लेटफर्म्सको आईपीओलाई भारतीय पूँजीबजारको महत्वपूर्ण घटनाका रूपमा स्थापित गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.