बुधबार, कार्तिक ११,२०८३ 04:39:38
  • बुधबार, कार्तिक ११,२०८३ 04:39:38
Global IME Bank Limited

TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ देखि

Bizshala
TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा कात्तिक १२ देखि
New Office

 

काठमाण्डौ । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।

सात दिनसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

मेलामा एक्सचेन्जसँगै विभिन्न छुट, क्यासब्याक, पुरस्कार तथा फाइनान्स सुविधा उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार मेलाको प्रमुख आकर्षण ‘TVS गोल्डेन की अफर’ रहनेछ। यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की तथा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्। अफरमा सर्त तथा नियम लागू हुनेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, मेलाको अवधिभर हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउने कम्पनीले जनाएको छ।

पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकनका लागि मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटर परिचालन गरिनेछ। कम्पनीले ग्राहकलाई पुरानो सवारीसाधनको प्रतिस्पर्धी एक्सचेन्ज मूल्य उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ।

नयाँ TVS सवारीसाधन खरिद गर्ने ग्राहकका लागि मेलास्थलमै फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ। नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्त पूरा गर्ने ग्राहकले छिटो फाइनान्स प्रक्रिया अघि बढाउन सक्ने कम्पनीले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले मेलामार्फत ग्राहकलाई एक्सचेन्ज मूल्यांकन, विशेष अफर र फाइनान्स सुविधा एउटै स्थानमा उपलब्ध गराउन लागिएको बताए।

उनका अनुसार नयाँ TVS मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्न चाहने ग्राहकका लागि खरिद प्रक्रिया सहज र किफायती बनाउने उद्देश्यले मेला आयोजना गरिएको हो।

कम्पनीले नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने योजना बनाएका ग्राहकलाई कात्तिक १२ देखि १८ गतेसम्म भृकुटीमण्डपमा उपस्थित भई पुरानो सवारीसाधनको मूल्यांकन गराउन र उपलब्ध अफरको लाभ लिन आग्रह गरेको छ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक हो। कम्पनी सन् २०१५ देखि नेपाली बजारमा सक्रिय रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.