काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६८ हजार ६५४.७२५६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ।
संस्थाले संस्थापक समूहअन्तर्गत रहेको उक्त परिमाणको सेयर सर्वसाधारण समूहमा परिवर्तन गरेको हो।
सेयर रुपान्तरणपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर स्वामित्व अनुपातसमेत परिवर्तन भएको छ। अब कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ५५.५८ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४४.४२ प्रतिशत कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।