बिहीबार, कार्तिक १२,२०८३ 01:57:53
  • बिहीबार, कार्तिक १२,२०८३ 01:57:53
Global IME Bank Limited

ललितपुरमा ५ दिने गोदावरी फूल महामेला सुरु, १ करोड ३० लाखको कारोबार लक्ष्य

Bizshala
ललितपुरमा ५ दिने गोदावरी फूल महामेला सुरु, १ करोड ३० लाखको कारोबार लक्ष्य
New Office

काठमाण्डौ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित सुरु भएको प्रदर्शनी ५ दिनसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक, एक प्लान्ट क्लिनिक, चार अफिसियल, दुई प्रतियोगितात्मक र एक फोटो सेल्फी स्टल रहेका छन्।

मेलामा नेपालमा उत्पादित विभिन्न जातका गोदावरी फूलसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्।

आयोजकका अनुसार सहभागी नर्सरी तथा फार्मबीच मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका पाँच विधामा प्रतिस्पर्धा गराइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस वर्ष उत्कृष्ट स्टलसँगै उत्कृष्ट पुष्प सजावट विधासमेत थपिएको छ। विजेतालाई सिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

तिहार नजिकिएसँगै फूलको माग बढ्ने भएकाले मेलामा सर्वसाधारणदेखि व्यवसायीसम्मको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।

फ्यानले पाँच दिनको प्रदर्शनी अवधिमा ३९ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरेको छ।

प्रदर्शनीले स्वदेशी पुष्प व्यवसायको प्रवर्द्धन, नयाँ प्रजातिबारे जानकारी विस्तार र उत्पादकलाई प्रत्यक्ष बजार उपलब्ध गराउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.