ललितपुरमा ५ दिने गोदावरी फूल महामेला सुरु, १ करोड ३० लाखको कारोबार लक्ष्य
काठमाण्डौ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित सुरु भएको प्रदर्शनी ५ दिनसम्म सञ्चालन हुनेछ।प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक, एक प्लान्ट क्लिनिक, चार अफिसियल, दुई...

