काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् साउनदेखि असोजसम्म नेपालमा १ करोड ५७ लाखभन्दा बढी थान कण्डम आयात भएको छ।
भन्सार विभागको पछिल्लो वैदेशिक व्यापार तथ्यांकअनुसार उक्त अवधिमा कुल १ करोड ५७ लाख ११ हजार २०७ थान कण्डम नेपाल भित्रिएको हो।
यसको कुल आयात मूल्य ८ करोड ५ लाख ७९ हजार रुपैयाँ रहेको छ।
स्वास्थ्य सामग्रीका रूपमा कण्डमलाई सरकारले भन्सार महसुलमा छुट दिएको छ। यही कारण ठूलो परिमाणमा आयात भए पनि राजस्व भने अत्यन्त न्यून देखिएको छ।
विभागको तथ्यांकअनुसार तीन महिनामा कण्डम आयातबाट राज्यले जम्मा २ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।
सरकारले कण्डमलाई अत्यावश्यक स्वास्थ्य सामग्रीअन्तर्गत राख्दै भन्सार महसुलमा छुट दिने व्यवस्था गरेको छ।
यसका कारण आयातकर्ताले नियमित उपभोग्य वस्तुमा जस्तो भन्सार शुल्क तिर्नु पर्दैन।
तीन महिनाको तथ्यांकले नेपालमा कण्डमको आयात परिमाण ठूलो रहेको र यसको आपूर्ति अझै पनि मुख्य रूपमा विदेशमै निर्भर रहेको देखाउँछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।