काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २७ अमेरिकी डलरले घटेर प्रतिऔंस ४ हजार ३० डलरभन्दा तल झरेको छ।
अमेरिकी आर्थिक तथ्याङ्क सार्वजनिक भएसँगै लगानीकर्ताले त्यसको प्रभाव विश्लेषण गर्दा सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यस्तै चाँदीको मूल्य पनि १.७५ डलरले घटेर प्रतिऔंस ५१.८० डलर आसपास कारोबार भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।