काठमाण्डौ । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्ड २०२६ अन्तर्गत चार विधाका ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनल चरणका लागि छनोट भएका छन्।
आईसीटी अवार्डको ११औँ संस्करणका लागि साउन २०८३ देखि खुला गरिएको मनोनयन प्रक्रियामा १६ विभिन्न विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ। तीमध्ये स्टार्टअप तथा इनोभेसनसँग सम्बन्धित ‘क्याटेगोरी ए’ अन्तर्गत चार विधामा २३० भन्दा बढी आवेदन परेको थियो।
दुई चरणको छनोटपछि स्टार्टअप आईसीटी अवार्डमा १०, सोसल इनोभेसनमा १०, प्रडक्टमा १५ र राइजिङ स्टार इनोभेसनमा १५ गरी कुल ५० प्रतिस्पर्धी सेमिफाइनलमा पुगेका हुन्।
स्टार्टअप आईसीटी अवार्डको शीर्ष १० मा आशिर्वाद केयर प्रालि, एक्सिलेरेटेड कम्प्युटिङ प्रालि, फ्युलिङ एम्बिसन्स प्रालि, गरुडएक्स मल्टिपर्पस प्रालि, गोमाइगो बुकिङ्स प्रालि, लुमिनो टेक्नोलोजी प्रालि, रेफेरो सोलुसन्स प्रालि, समएक्स इंक, योद्धा ल्याब प्रालि र जालियन्ट कम्पनी प्रालि छनोट भएका छन्।
सोसल इनोभेसनतर्फ बर्बर्दिया एग्रो–मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजन नेपाल, राइडटुएर्न, सेतु, स्मार्ट पब्लिक ट्वाइलेट परियोजना, वायुदृष्टि–वायुसेना र वेस्ट म्यानेजमेन्ट सिस्टम छनोट भएका छन्।
प्रडक्टतर्फ आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स–सेन्ट्रल मोनिटरिङ सिस्टम, डान्टा–मेड, एकसाना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपालएचआरएम, वनबीएनपीएल, अप्टईआरपी, पगोडा ल्याब्स डीएमएस, पीडीएफमर्जेली र वायुदृष्टि एटमस शीर्ष १५ मा परेका छन्।
राइजिङ स्टार इनोभेसनतर्फ दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्सन अफ प्रेडिक्सन, साक्षी, सेतु, स्काईट्रुप–पी१, सुरक्षा३६०, स्वर–साथी, सिन्याप्टिक, द काइरोस इन्जिन, ट्राफिक आई र जालियन्ट सप छनोटमा परेका छन्।
सेमिफाइनलमा छनोट भएका ५० टोलीले अब आगामी मंसिरको पहिलो साता आयोजना हुने ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ तथा ‘ग्रान्ड जुरी सेसन’मा सहभागिता जनाउनेछन्। फेस्टमा टोलीहरूले आफ्ना स्टार्टअप तथा इनोभेसन प्रदर्शनी गर्नेछन् भने ग्रान्ड जुरी सेसनमा निर्णायकसमक्ष प्रस्तुति तथा स्पिड डेटिङ सेसनमा सहभागी हुनेछन्।
यी सबै चरणपछि प्रत्येक विधाबाट शीर्ष पाँच छनोट गरिनेछ। शीर्ष पाँचमा पुगेका टोली ग्रान्ड फिनालेमा प्रवेश गर्नेछन्। त्यसपछि फिल्ड भिजिट तथा पब्लिक भोटिङसमेत गरी अन्तिम विजेता चयन गरिने आयोजकले जनाएको छ।
आईसीटी अवार्डअन्तर्गत व्यक्तिगततर्फ पायोनियर आईसीटी अवार्ड, इन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड र प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड (वुमन) रहेका छन्।
संस्थागत विधातर्फ डिजिटल एजुकेसन आईसीटी अवार्ड, डिजिटल गभर्नेन्स आईसीटी अवार्ड तथा डिजिटल सर्भिसेससँग सम्बन्धित विभिन्न अवार्ड समावेश छन्।
यस वर्ष दक्षिण एसियाली देशलाई लक्षित गरी साउथ एसिया स्टार्टअप अवार्ड २०२६ र साउथ एसिया एआई इनोभेसन आईसीटी अवार्ड २०२६ समेत सञ्चालन भइरहेको छ।
छनोट प्रक्रियामा नेपालका १४ सदस्यीय विज्ञ निर्णायक समिति, अन्य देशका अन्तर्राष्ट्रिय निर्णायक तथा १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति सहभागी छन्। अवार्डको सम्पूर्ण छनोट प्रक्रियामा २५ चरणसम्म निर्णायक समिति बैठक तथा प्रस्तुति कार्यक्रम सञ्चालन हुनेछन्।
लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा सन् २०१६ देखि सञ्चालन हुँदै आएको आईसीटी अवार्ड हरेक वर्ष विभिन्न विधा थप्दै विस्तार हुँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।