आईसीटी अवार्ड २०२६ का चार विधामा ५० स्टार्टअप र इनोभेसन सेमिफाइनलमा
काठमाण्डौ । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्ड २०२६ अन्तर्गत चार विधाका ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनल चरणका लागि छनोट भएका छन्।आईसीटी अवार्डको ११औँ संस्करणका लागि साउन २०८३ देखि खुला गरिएको मनोनयन प्रक्रियामा १६ विभिन्न विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ। तीमध्ये स्टार्टअप तथा इनोभेसनसँग सम्बन्धित...

