शुक्रबार, कार्तिक १३,२०८३ 08:26:43
  • शुक्रबार, कार्तिक १३,२०८३ 08:26:43
Global IME Bank Limited

नेपालको पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रियटर खोज्दै पर्यटन बोर्ड

Bizshala
नेपालको पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रियटर खोज्दै पर्यटन बोर्ड
New Office

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले देशको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरबाट आवेदन मागेको छ।

बोर्डले डिजिटल तथा दृश्य सामग्रीमार्फत नेपालको पर्यटनलाई विश्वभर प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले यस्तो पहल अघि बढाएको हो।

अभियानअन्तर्गत हिमाली क्षेत्र, ओझेलमा परेका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, परम्परा तथा नेपालका विशिष्ट पर्यटकीय अनुभवलाई भिडियो, तस्बिर र अन्य सिर्जनात्मक सामग्रीमार्फत प्रवर्द्धन गरिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बोर्डको उद्देश्य सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग गर्दै नेपालको पर्यटन ब्रान्डलाई थप व्यापक बनाउनु रहेको छ। यसले नयाँ पुस्ताका कन्टेन्ट क्रियटरलाई नेपालको पर्यटन पहिचान अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने अवसरसमेत दिने अपेक्षा गरिएको छ।

इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिंकसहित आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति ५ नोभेम्बर २०२६ तोकिएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.