पर्यटन बोर्डको सीईओका लागि ४३ जनाको आवेदन, दसैँअघि नियुक्त गर्ने तयारी
काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४३ जनाले आवेदन दिएका छन्। आवेदनमाथि छनोट समितिले छानबिन गरिरहेको नेपाल पर्यटन बोर्डका महाप्रबन्धक रामकृष्ण लामिछानेले जानकारी दिए।लामिछानेका अनुसार दसैँअघि नै नयाँ सीईओ नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार सीईओ नियुक्त भएपछि बोर्डका कामलाई थप गतिशील बनाउने तयारी छ।

