काठमाण्डौ । बेलायतको चर्चित अखबार ‘सन्डे टाइम्स’ले बेलायती धनाढ्यको सूची सार्वजनिक गरेको छ । जसअनुसार गत वर्ष बेलायतका प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको कुल सम्पत्तिमा १२२ मिलियन पाउण्ड स्ट्रलिङ डलरले बढेको छ ।
सन्डे टाइम्सका अनुसार अब नयाँ सूचीमा सुनक दम्पत्तिको कुल सम्पत्ति ५२९ मिलियनबाट बढेर ६५१ बिलियन पाउण्ड स्ट्रलिङ पुगेको छ । यससँगै सुनकले सम्पत्तिको आर्जनमा बेलायतका राजा चाल्स तृतीयलाई पनि पछि पारेका छन् । चल्स तृतीयको कुल सम्पत्ति गत वर्ष सुनक परिवारभन्दा धेरैले वृद्धि भएको तर व्यक्तिगत सम्पत्तिको मामिलामा भने केहि मात्रै वृद्धि भएको सन्डे टाइम्सले जनाएको छ । गत वर्ष चाल्सको सम्पत्तिको १० मिलियन पाउण्डले बढेर कुल ६१० मिलियन पाउण्ड पुगेको छ ।
सन् २०२२ मा ऋषि सुनक र उनमी पत्नीको कुल सम्पत्ति दिवंगत महामारीभन्दा पनि बढी पुगेको थियो । त्यसबेला एलिजावेथ द्धितीयको कुल सम्पत्ति ३७० मिलियन पाउण्ड थियो ।
सुनक, सन्डे टाइम्सको ३५ वर्षे इतिहासमा वार्षिक सम्पत्ति सूचीमा समावेश हुने पहिलो शीर्ष राजनेता बनेका छन् ।
सम्पत्ति बढ्नुको कारण
ऋषि सुनक र उनकी पत्नीको सम्पत्तिको बढोत्तरी इन्फोसिसमा अक्षता मूर्तिको स्वामित्वसँग जोडिएको छ । इन्फोसिस ७० बिलियन डलरबराबरको भारतीय आईटी कम्पनी हो । जसको सह–संस्थापक अक्षता मूर्तिका बुवा अर्थात सुनकका ससुरा एनआर नारायण मूर्ति हुन् । यो कम्पनीमा अक्षता मूर्तिको पनि स्वामित्व छ । गत वर्ष कम्पनीमा अक्षताको स्वामित्वमा रहेको सेयरको मूल्य १०८.८ मिलियन पाउण्डले बढेर कुल ५९० मिलियन पाउण्ड पुगेको थियो ।
तथापी, द गार्जियनको प्रतिवेदनका अनुसार सुनक दम्पत्तिको सम्पत्ति सन् २०२२ को उच्च स्तरबाट भने अझे न्यून नै छ । सन् २०२२ मा सुनक दम्पत्तिको कुल सम्पत्ति ७३० मिलियन पाउण्डबराबर अनुमान गरिएको थियो ।
बेलायतका अर्बपतिहरुको सम्पत्तिमा ठूलो गिरावट
सन्डे टाइम्सको वार्षिक सूचीअनुसार बेलायतका अर्बपतिहरुको संख्यामा लगातार दोस्रो वर्ष गिरावट आएको छ । सन् २०२२ मा बेलायतमा १७७ अर्बपति थिए । जुन गत वर्ष घटेर १७१ मा सीमित बनेको थियो । यो वर्ष पनि बेलायतका धनाढ्यको संख्या घटेर १६५ पुगेको छ । -एजेन्सी