काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ। इरान र कतारका अधिकारीहरूले अमेरिका–इजरायल र इरानबीच जारी युद्ध अन्त्य गर्ने सम्झौताका लागि लगातार तेस्रो दिन वार्ता गरेपछि तेलको मूल्यमा गिरावट आएको हो।
ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १.५९ डलर अर्थात् १.४० प्रतिशतले घटेर १११.८४ डलरमा झरेको थियो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य १.५६ डलर अर्थात् १.५० प्रतिशतले घटेर प्रतिब्यारेल १०२.५६ डलर कायम भएको थियो।
अमेरिका–इरान द्वन्द्व पुनः चर्किन सक्ने चिन्ताका कारण ब्रेन्ट कच्चा तेलको मूल्य अक्टोबरको अन्त्यमा पछिल्लो ६ महिनायताकै उच्च विन्दुमा पुगेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।