मंगलवार, कार्तिक १७,२०८३ 12:03:59
  • मंगलवार, कार्तिक १७,२०८३ 12:03:59
Global IME Bank Limited

बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार

Bizshala
बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार
New Office

काठमाडौं। उत्तर कोरियाले क्रिप्टोकरेन्सी कारोबार गर्ने विश्वप्रसिद्ध कम्पनी बाइनान्समा भएको ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कीर्तिमानी ह्याकिङमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ। उत्तर कोरियाले उक्त आरोपलाई निरर्थक अभिव्यक्ति भन्दै खण्डन गरेको हो।

उत्तर कोरियाली नेता किम जोङ उनका बहिनी तथा उच्च सरकारी अधिकारी किम यो जोङले मंगलबार उक्त आरोप अमेरिकाले प्योङयाङको अन्तर्राष्ट्रिय छवि बिगार्ने उद्देश्यले लगाएको अर्को‘दुर्भावनापूर्ण प्रयास भएको बताएकी छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई), सेक्रेट सर्भिस तथा साइबर सुरक्षा विश्लेषकहरूले बाइनान्समा भएको उक्त ह्याकिङ उत्तर कोरियाले गराएको दाबी गरेका छन्। यसलाई हालसम्मकै ठूलो क्रिप्टोकरेन्सी ह्याकिङ घटनाका रूपमा वर्णन गरिएको छ ।

ब्लकचेन विश्लेषक तथा एफबीआईका अनुसार उक्त आक्रमण उत्तर कोरियाको राज्यसमर्थित ह्याकर समूह ‘ट्रेडरट्रेटर’ले गरेको हो। उक्त समूहलाई ‘लाजरस ग्रुप’का नामले पनि चिनिन्छ। एफबीआईले यस समूहसँग सम्बन्धित क्रिप्टोकरेन्सी खातामा हुने कारोबार रोक्न उद्योग क्षेत्रका साझेदारहरूलाई सहयोग गर्न आग्रह गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

उत्तर कोरियाको सामान्य मामिला विभागकी निर्देशकसमेत रहेकी किम यो जोङले विज्ञप्ति जारी गर्दै अमेरिकाले उत्तर कोरियालाई साइबर अपराधसँग जोड्ने पुरानै आरोप दोहोर्‍याएको बताएकी छन्।

उनले विश्वका विभिन्न क्षेत्रमा हुने सबै साइबर अपराध उत्तर कोरियाले नै गरेको जस्तो भ्रामक प्रचार गरेर अमेरिकाले अन्तर्राष्ट्रिय जनमतलाई प्रभावित पार्न खोज्नु उत्तर कोरियाविरुद्धको गम्भीर राजनीतिक उक्साहट भएको बताएकी छन्।

यद्यपि, पछिल्ला वर्षहरूमा भएका कैयौँ ठूला साइबर आक्रमणमा उत्तर कोरियामाथि संलग्नताको आरोप लाग्दै आएको छ। तर, प्योङयाङले यस्ता आरोप निरन्तर अस्वीकार गर्दै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.