मंगलवार, कार्तिक १७,२०८३ 01:15:19
  • मंगलवार, कार्तिक १७,२०८३ 01:15:19
Global IME Bank Limited

युरोपका पाँच देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिज र फ्रिजर प्रणाली प्रभावित

Bizshala
युरोपका पाँच देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिज र फ्रिजर प्रणाली प्रभावित
New Office

काठमाडौँ। युरोपका बेल्जियम, इस्टोनिया, आयरल्यान्ड, लक्जेम्बर्ग र स्विडेनका सुपरमार्केटमा सोमबार साइबर आक्रमण भएको आशङ्का गरिएको छ। आक्रमणका कारण विभिन्न सुपरमार्केटका फ्रिज तथा फ्रिजर प्रणालीमा समस्या देखिएको छ।

तीन साताअघि फ्रान्सका सुपरमार्केटमा पनि यस्तै घटना भएको थियो। त्यतिबेला अज्ञात समूहले शीतभण्डारण प्रणाली नियन्त्रणमा लिएर फ्रिज तथा फ्रिजरलाई डिफ्रोस्ट गर्ने अवस्थामा पुर्‍याउँदा ताजा तथा जमाएर राखिएका खाद्यवस्तु बिग्रिएका थिए।

सोमबारको घटनामा स्विडेनका सुपरमार्केट शृङ्खला आईसीए र कोपका सीमित सङ्ख्याका पसल प्रभावित भएका छन्। आईसीएका प्रवक्ता हेलेना जोहानसनले घटनाको प्रकृति र प्रभावको दायराबारे अनुसन्धान भइरहेको बताएकी छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कोपका प्रवक्ता कार्लोस क्यान्सिनोका अनुसार स्विडेनमा रहेका करिब ८०० पसलमध्ये छवटा पसलमा समस्या देखिएको छ। उनका अनुसार केही पसलका फ्रिज तथा फ्रिजर पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा आंशिक समस्या आएको छ। यद्यपि, आफूलाई प्राप्त जानकारीअनुसार यो साइबर आक्रमण नै भएको पुष्टि नभएको उनले बताएका छन्।

डच सुपरमार्केट शृङ्खला अहोल्ड डेल्हाइजले पनि सोमबार रातिको समयमा भएको सूचना प्रविधिसम्बन्धी घटनाका कारण बेल्जियम र लक्जेम्बर्गस्थित आफ्ना केही पसलका फ्रिजर प्रभावित भएको जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

आयरल्यान्डको सार्वजनिक प्रसारण संस्था आरटीईका अनुसार त्यहाँका १३ वटा सुपरमार्केटमा पनि यसको असर परेको छ। यस्तै, क्यारेफोर, इन्टरमार्चे र स्पार सुपरमार्केट शृङ्खला पनि आक्रमणको निशानामा परेका छन्। क्यारेफोरका बेल्जियमस्थित प्रवक्ता मिच भर्गाउवेनले यो साइबर आक्रमण भएको र यसबाहेक अन्य कुनै कारण नरहेको बताएका छन्।

घटनाबारे बेल्जियमको सरकारी अभियोजन कार्यालयले आपराधिक अनुसन्धान सुरु गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.