मंगलवार, कार्तिक १७,२०८३ 06:17:28
  • मंगलवार, कार्तिक १७,२०८३ 06:17:28
Global IME Bank Limited

पोखरामा ‘पल्सर आरपीएम’को रौनक ३ हजारभन्दा बढी युवा सहभागी

Bizshala
पोखरामा ‘पल्सर आरपीएम’को रौनक ३ हजारभन्दा बढी युवा सहभागी
New Office

काठमाण्डौ । बजाज पल्सरको युवामुखी प्लेटफर्म ‘पल्सर आरपीएम’को पोखरा संस्करणमा ३ हजारभन्दा बढीको सहभागिता भएको छ ।

अक्टोबर ३१ मा पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्टसँगै क्यालिस्थेनिक्स, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न अन्तरक्रियात्मक गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

मौसम प्रतिकूलता र रंगशाला परिसरभित्र कार्यक्रम आयोजना गरिएको भए पनि युवाको उल्लेख्य उपस्थिति रहेको कम्पनीको दाबी छ । पछिल्लो समय युवामाझ एड्भेन्चर स्पोर्ट्स र स्ट्रिट कल्चरप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा पोखरा संस्करणले स्थानीय प्रतिभालाई एउटै प्लेटफर्ममा जोडेको कम्पनीले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रमको मुख्य आकर्षण पल्सर एन१६० मार्फत प्रस्तुत गरिएको मोटरसाइकल स्टन्ट शो थियो । त्यसैगरी फ्रिस्टाइल तथा स्ट्याटिक्स क्यालिस्थेनिक्स प्रतिस्पर्धामा सहभागी खेलाडीहरूले शारीरिक सन्तुलन, शक्ति र प्राविधिक कौशल प्रदर्शन गरेका थिए ।

स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकर, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीहरूले समेत आफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए । कार्यक्रममा डीजे जेन्टल–जीको प्रस्तुति, फुड तथा कफी पपअप र विभिन्न इन्गेजमेन्ट जोनसमेत राखिएको थियो ।

आयोजकले पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनीसँगै टेस्ट राइड जोन पनि सञ्चालन गरेको थियो । यसमार्फत सहभागीले दुवै मोटरसाइकल प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका थिए ।

Garima Development Bank
Bizshala
IME remit

काठमाडौं र बुटवलपछि पोखरामा आयोजना गरिएको यो संस्करणले स्थानीय प्रतिभा र एक्सन स्पोर्ट्स समुदायलाई जोड्दै नेपालमा युवा तथा स्ट्रिट कल्चरको प्रवर्द्धन गर्ने ‘पल्सर आरपीएम’को अभियानलाई थप विस्तार गरेको कम्पनीले जनाएको छ ।

पल्सर आरपीएम पोखराका स्टन्ट राइडर रविन श्रेष्ठले पोखराका युवाको उत्साहले कार्यक्रमलाई विशेष बनाएको बताए । उनले कार्यक्रम केवल स्टन्ट शो नभई सपना देख्ने युवा, कलाकार, खेलाडी र समर्थकलाई एउटै थलोमा जोड्ने उत्सव भएको उल्लेख गरे ।

बजाज पल्सरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय कलाकार, खेलाडी, साझेदार, सञ्चारमाध्यम, प्रमोटर, प्राविधिक टोली, विक्रेता तथा सहभागीप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.