मंगलवार, कार्तिक १७,२०८३ 07:39:12
  • मंगलवार, कार्तिक १७,२०८३ 07:39:12
Global IME Bank Limited

बिग मुभिजको नयाँ अवतार, फोर के लेजरदेखि डल्बी एटमससम्म अन्तर्राष्ट्रियस्तरको सुविधा

Bizshala
बिग मुभिजको नयाँ अवतार, फोर के लेजरदेखि डल्बी एटमससम्म अन्तर्राष्ट्रियस्तरको सुविधा
New Office

काठमाण्डौ । नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुआत गर्ने बिग मुभिजले आफ्ना सिनेमा हललाई व्यापक रूपमा स्तरोन्नति गर्दै अन्तर्राष्ट्रियस्तरका प्रविधि र सुविधा थपेको छ ।

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले ‘Experience Cinema, Experience the Difference’ नारालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित दृश्य, ध्वनि, सिटिङ र हलको समग्र वातावरणमा ठूलो लगानी गरेको जनाएको छ ।

कम्पनीका अनुसार हलमा अत्याधुनिक Barco 4K RGB Laser Projector जडान गरिएको छ । युरोपेली ब्रान्डको Barco SP4K-20C Series 4 स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार लुमेन्स ब्राइटनेस र 4K अर्थात् 4096×2160 नेटिभ रिजोलुसन उपलब्ध छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चलचित्रका दृश्यलाई थप स्पष्ट, चम्किलो र जीवन्त बनाउन प्रोजेक्टरसँगै उच्च गुणस्तरको कलर रिप्रोडक्शन प्रविधि प्रयोग गरिएको छ । कम्पनीले ९८.५ प्रतिशतभन्दा बढी Rec. 2020/DCI-P3 कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरेको जनाएको छ ।

बिग मुभिजका विभिन्न हलमा १९×४३ फिट, २०×४३ फिट र २०×४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन् ।

ध्वनि प्रणालीमा पनि कम्पनीले ठूलो स्तरोन्नति गरेको छ । हलमा Dolby Atmos 64-Channel System जडान गरिएको छ । यसले परम्परागत साउन्ड सिस्टमभन्दा फरक ढंगले प्रत्येक स्पिकरलाई स्वतन्त्र अडियो फिड उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

हलको छत र चारैतर्फ राखिएका स्पिकर तथा CP850 साउन्ड प्रोसेसरको सहयोगमा १२८ वटासम्म साउन्ड अब्जेक्ट एकैपटक नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ । विशेषगरी एक्सन तथा साउन्ड-इन्टेन्सिभ चलचित्रमा दर्शकले थप यथार्थपरक र इमर्सिभ ध्वनि अनुभव गर्न सक्नेछन् ।

Garima Development Bank
Bizshala
IME remit

हलका सिटलाई पनि थप आरामदायी बनाइएको छ । दर्शकका लागि प्रिमियम सिटिङअन्तर्गत २५५ वटा २२ इन्चका ‘Champion Series’ थिएटर चेयर राखिएका छन् । यी सिटमा एड्भान्स्ड एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक तथा थ्री-पोजिसन लकिङ सुविधा उपलब्ध रहेको छ ।

थप विलासी अनुभवका लागि २९ वटा २९ इन्चका ‘Royal Luxuria’ ट्रिम कलर रिक्लाइनरसमेत जडान गरिएको छ ।

हलभित्र नयाँ कार्पेटिङ, अकुस्टिक वाल कभरिङ तथा आधुनिक लाइटिङ प्रणालीसमेत राखेर समग्र वातावरणलाई नयाँ स्वरूप दिइएको बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।

उनले व्यापक स्तरोन्नतिसँगै बिग मुभिजमा चलचित्र हेर्ने अनुभवलाई केवल पर्दामा दृश्य हेर्नेसम्म सीमित नराखी कथा र वातावरणलाई महसुस गर्ने तहमा पुर्‍याउने लक्ष्य राखिएको बताए ।

कम्पनीका अनुसार दर्शकले अब बिग मुभिजमा Picture, Sound, Comfort र Overall Cinema Experience का हिसाबले अझ उन्नत अनुभव लिन सक्नेछन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.