बिग मुभिजको नयाँ अवतार, फोर के लेजरदेखि डल्बी एटमससम्म अन्तर्राष्ट्रियस्तरको सुविधा
काठमाण्डौ । नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुआत गर्ने बिग मुभिजले आफ्ना सिनेमा हललाई व्यापक रूपमा स्तरोन्नति गर्दै अन्तर्राष्ट्रियस्तरका प्रविधि र सुविधा थपेको छ ।काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले ‘Experience Cinema, Experience the Difference’ नारालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित दृश्य, ध्वनि, सिटिङ र हलको समग्र वातावरणमा ठूलो लगानी गरेको जनाएको छ...

