वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषणा गरेका छन्। इजरायललाई अब उक्त रकम आवश्यक नरहेको भन्दै उनले सहायता रोक्ने बताएका हुन्।
फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि उसलाई निरन्तर ठूलो रकम सहायता दिनुपर्ने अवस्था नरहेको बताए। यस विषयमा आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमति गरेको उनको भनाइ छ।
अमेरिकाले सन् २०१८ मा भएको १० वर्षे समझदारीअनुसार इजरायललाई वार्षिक ३ अर्ब ८० करोड डलर सैन्य सहायता दिँदै आएको छ। उक्त सम्झौता सन् २०२८ मा सकिँदै छ। ट्रम्पले भने यसअघि नै सहायता बन्द गर्ने संकेत गरेका हुन्।
अमेरिकी सहायताबाट इजरायलले अमेरिकी हतियार खरिद गर्दै आएको छ। ट्रम्पले उक्त सहयोग नगद वा सैन्य सामग्री जुनसुकै रूपमा भए पनि बन्द हुने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।