काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य बढेको छ।
कम्पनीले असोज मसान्तसम्म २ करोड १३ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ८६ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि बढेर ४ करोड ७२ लाख ९८ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ५७ लाख ७ हजार रुपैयाँ थियो।
कम्पनीको सञ्चालन नाफा २ करोड ५५ लाख ४१ हजार रुपैयाँ रहेको छ भने नियमित कारोबारबाट भएको नाफा ३ करोड ३८ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको खराब कर्जा अनुपातमा समेत सुधार आएको छ। गत वर्षको पहिलो त्रैमासमा १२.८३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर १०.५१ प्रतिशतमा झरेको छ।
असोज मसान्तसम्म कम्पनीले १ अर्ब ९३ करोड ४७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन १ अर्ब १५ करोड ५२ लाख रुपैयाँभन्दा बढी रहेको छ।
कम्पनीको चुक्तापुँजी ८ करोड ९५ लाख रुपैयाँ छ भने रिजर्भ तथा सरप्लस २५ करोड २२ लाख रुपैयाँभन्दा बढी रहेको छ। पूँजी कोष अनुपात १६.३३ प्रतिशत र कोषको लागत ६.७८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।